आज २ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट, सेयर मूल्य बढ्नुको कारण यस्तो छ

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ११.६ अंकले घटेर २७५७.५३ विन्दुमा पुगेको छ । साताको पहिलो दिन २२५ कम्पनीको सेयर ५४ हजार ६६४ पटक खरिद बिक्री भएको छ ।

७८ लाख ९४ हजार ४६८ कित्ता सेयर खरिद बिक्री हुँदा ४ अर्ब ३५ करोड ७३ लाख रुपैयाँको कारोबार भएको छ ।
हाइड्रो पवार र उत्पादन मुलुक उपसमूह बाहेरक बाँकी उपसमूह घटेका छन् ।

आज २ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । नारायणी डेभलपमेन्ट बैंक र मानुषी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो । नारायणी डेभलपमेन्ट बैंकको सेयर मूल्य आज ८६.६० रुपैयाँले बढेर ९५२.६० रुपैयाँ पुगेको छ भने मानुषी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १४९.५० रुपैयाँले बढेर १६४४.८० रुपैयाँ पुगेको छ ।

नारायणी डेभलपमेन्ट बैंक

नारायणी डेभलपमेन्ट बैंकले शुक्रबार हकप्रद सेयर जारी गर्न अनुमति प्राप्त गरेको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले बैंकलाई शतप्रतिशत हकप्रद सेयर जारी गर्न अनुमति दिएको हो । बैंकले असार ४ गते बोर्डमा आवेदन दिएको थियो।

बैंकले १ः१ को अनुपातमा अर्थात् शतप्रतिशत हकप्रद निष्काशनको अनुमति माग गर्दै बोर्डमा आवेदन दिएको थियो । बोर्डबाट अनुमति पाएसँगै बैंकले १३ करोड १२ लाख ३३ हजार ८ सय रुपैयाँ बराबरको १३ लाख १२ हजार ३ सय ३८ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ ।

गत माघ १६ गते सम्पन्न बैंकको वार्षिक साधारणसभा मार्फत यस अघि बैंकले १ बराबर २ कित्ता सेयरका दरले हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको भएपनि राष्ट्र बैंकले १ बराबर १ कित्ताको दरले मात्रै हकप्रद निष्काशनको अनुमति दिएको हो ।
हकप्रदको आशमा बैंकको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।

मानुषी लघुवित्त वित्तीय

मानुषी लघुवित्त वित्तीय भर्खरै नेप्सेमा सूचीकृत कम्पनी हो । लघुवित्तले ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५ हजार कित्ता आइपीओ निष्कासन तथा बिक्री खुला गरेको थियो ।

जसमध्ये जारी पूँजीको ०.५ प्रतिशतले हुन आउने ५४६९ कित्ता कर्मचारी र जारी पूँजीको पाँच प्रतिशतले हुन आउने १९ हजार ६८८ कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको थियो ।

आइपीओ वितरण पश्चात् कम्पनीको सेयर नेप्सेमा असोज ६ गतेदेखि करोबार भइरहेको छ । पहिलो दिनको करोबारमा लघुवित्तको सेयर ३९७.५ रुपैयाँमा कारोबार भएको थियो । कम्पनीको सेयरमा बिक्रीको तुलनामा माग उच्च रहेको छ ।

नेप्सेमा सूचीकृत भएदेखि लघुवित्तको सेयर मूल्य निरन्तर रुपमा बढी रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स