काठमाडौं । एनएमबि बैंक लिमिटेडले २९ औं वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकको मंसिर २८ गते बसेको संचालक समितिको बैंठकले सभा पुस २५ गते आह्वान गरेको हो ।
बैंकले लाभांश वितरण नगरी सभा बोलाएको हो । सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान ,नगद प्रवाह विवरणलगायतमा छलफल हुनेछ । साथै, आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने एजेन्डा रहेको छ ।
बैंकले १०० रुपैयाँका दरले ३ अर्ब रुपैयाँ बराबरको एनएमबि ८.२५ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने प्रस्ताव पेश गर्नेछ ।
बेंकले सभा प्रयोजनका लागि पुस ११ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, पुस १० गतेसम्म सेयर खरिद गरी कायम रहने सेयरधनीहरुले मात्र सभामा भाग लिन सक्नेछन् ।