शाओमीको टिभी र फोनमा विशेष छुट

काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले आफ्नो फ्ल्याग्शिप फोन पोको एफ ३ जीटी र मी टिभिमा रु ५ हजार रुपैयाँ बराबरको छुट ल्याएको छ । आफ्नो उपभोक्ताहरुको मागलाई ध्यानमा राख्दै कम्पनीले पोको एफ ३ जीटी र मी टिभिमा छुटको व्यवस्था गरेको हो ।

टर्बो एमोएलइडी डिस्प्ले र फ्ल्याग्शिप मिडिया टेक चिपसेटयुक्त यो फोनमा १२० हर्जको रिफ्रेश रेट र ४८० हर्जको टच स्याम्प्लिङ् रेट रहेको छ । यो एउटा प्रिमियम स्मार्टफोन हो । जसमा म्याग्लेव ट्रिगर भएकोले एक स्विचमै गेमिङ फोनमा पनि परिवर्तन गर्न सकिन्छ ।जसले यो मोडल गेम खेल्ने र नखेल्ने दुवै बर्गको लागि उत्कृष्ट छनोट हो ।

त्यसैगरि मी टिभी पनि एक शानदार डिजाइन, बिल्ट–इन प्लेस्टोर क्रोमकास्ट, सिनेम्याटिक क्वालिटी साउन्ड र उत्कृष्ट रंग संयोजन् भएको दमदार टेलिभिजन हो । एन्ड्रोइडमा चल्ने यो टिभीमा रेकमेन्डेसन् सिस्टम हुनुको साथै अहिले चलेका सबै स्ट्रिमिङ प्ल्याट्फर्महरु सपोर्ट गर्छ । साथै उत्कृष्ट डिजाइन भएकोले घरको जुनसुकै कोठामा राखे पनि राम्रो सुहाउने हुन्छ । ३२ इन्चको ठुलो स्क्रिन भए पनि यसले एकदम थोरै ठाउँँ ओगट्छ र यसको तौल् पनि जम्मा ४ किलोग्राम मात्र रहेको छ ।

यस अघि ५६ हजार ९९९ रुपैयाँ मूल्य भएको पोको एफ ३ जीटीलाई कम्पनीले ५१ हजार ९९९ रुपैयाँ र ३४ हजार ९९९ रुपैयाँ रहेको मी टिभीलाई २९ हजार ९९९ रुपैयाँमा दिने निर्णय गरेको छ । पोको एफ ३ जीटीमा एक वर्षको बीमा पनि रहेको छ । जुन आधिकारिक बिक्री केन्द्रहरुबाट खरिद गर्दा उपलब्ध हुनेछ । यो योजना सिमीत अवधिको लागि मात्र लागु हुनेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स