सेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं । साताको पहिलो दिन (आइतबार) सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । यो सँगै कारोबार रकममा पनि घट्दो क्रममा छ ।

आज नेप्से ११.६० अंकले घटेर २७५७.५३ बिन्दुमा रोकिएको छ । त्यस्तै, २२५ कम्पनीको ७८ लाख ९४ हजार ४६८ कित्ता सेयर ४ अर्ब ३५ करोड ७३ लाख ९ हजार ३१९ रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा जलविद्युत र उत्पादन तथा प्रशोधन समूहको उपसूचक बढे पनि बाँकी सबै समूहको उपसूचकमा गिरावट आएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स