ज्योति विकास बैंकले लाभांश वितरण नगर्ने

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट लाभांश वितरण नगर्ने भएको छ ।

बैंकको मंसिर २७ गते बैंकको सञ्चालक समितिको बैठकले उक्त आवको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

बैठकले गत आवको अन्त्यसम्म कायम रहेको वितरणयोग्य मुनाफासहितको रकम ऋणपत्रको भुक्तानी कोषमा जम्मा गर्ने र लाभांश वितरण नगर्ने प्रस्तावसहितको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकसमक्ष पेश गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स