राष्ट्रिय क्रिकेट महिला एकेडेमीको शिलान्यास

नेपालगन्ज । युवा तथा खेलकुद मन्त्री मा. महेश्वरजंग गहतराज (अथक) ले राष्ट्रिय क्रिकेट महिला एकेडेमीको शिलान्यास गरेका छन् । बाँकेको कोहलपुर नगरपालिका वडा नं. ११ मा निर्माणाधिन अवस्थामा रहेको प्रस्तावित अन्तराष्ट्रिय क्रिकेट मैदान परिसरमा मन्त्री अथकले महिला क्रिकेट एकेडेमीको शिलान्यास गरेको हो ।

मन्त्री नियुक्त भएलगत्तै अथकले कोहलपुरमा राष्ट्रिय क्रिकेट महिला एकेडेमी निर्माण गर्ने उद्घोष गरेका थिए । तिन दिने जिल्ला भ्रमणमा निस्केका मन्त्री अथकले आफ्नो पहिलो निर्णय कार्यान्वयन गर्ने क्रममा आईतबार महिला क्रिकेट एकेडेमीको शिलान्यास गरेका हुन् ।

शिलान्यास कार्याक्रममा बोल्दै अथकले कोहलपुर क्रिकेट मैदान र राष्ट्रिय क्रिकेट महिला एकेडेमी मन्त्रालयको प्राथमिकतामा रहेको बताए । एकेडेमी निर्माणकालागि फास्ट ट्रयाकमा डिपिआर तयार भईसकेको जानकारी दिदैं मन्त्री अथकले खनफ्नै कार्यकालमा पुर्वाधार निर्माणको प्रक्रिया सुरु गरिने प्रतिवद्धता जनाएका छन् ।

रात्रिकालिन खेल संचालन गर्न सकिने तथा आवाशिय सुविधा सहित अन्तराष्ट्रिय स्तरमा निर्माण गरीने एकेडेमीको लागत १ अर्ब २२ करोड अनुमान गरीएको उल्लेख गर्दै मन्त्री अथकले भने, ‘यो बहुवर्षिय योजना हो, आगामी ३ वर्षभित्र सम्पन्न गर्नेगरी तत्कालै पुर्वाधार निर्माणको काम अगाडी बढाईन्छ ।’ एकेडेमीको संरचना अनुसार क्रमशः बजेट बढ्दै जाने उनले बताए ।

एक फरक प्रशंगमा बोल्दै मन्त्री अथकले कोहलपुर नगरपालिकाभित्र निर्माण गर्ने भनिएको कोहलपुर खेल मैदानकालागि ७० लाख बजेट सुनिश्चित भएको बताए । एक पालिका एक खेल मैदानको निति अनुसार कोहलपुर नगरपालिकाले कोहलपुर खेल मैदान निर्माण गर्ने निर्णय गरेको थियो ।

राष्ट्रिय खेलकुद परिषद (राखेप) का पदाधिकारी तथा ईन्जिनियरको टोली सहित कोहलपुर पुगेका मन्त्री अथकले त्यसक्रममा निर्माणाधिन अवस्थामा रहेको कोहलपुर क्रिकेट मैदानको समेत अनुगमन गरेको थिए । मन्त्री अथकले आजै नेपालगन्जस्थित रंगशालको अनुगमन गर्ने कार्यक्रम रहेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स