ग्लोबल आइएमई लघुवित्तले डाक्यो साधारणसभा, मर्जरदेखि डिजिटल बैंकिङसम्मका प्रस्ताव

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सभा डाकेको छ । लघुवित्तले गत आर्थिक वर्षसम्मको वितरणयोग्य मुनाफाबाट वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारणसभा डाकेको हो । सभाले हाल कायम चुक्ता पुँजीको २८ प्रतिशतका दरले बोनस सेयर वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

लघुवित्तले मंसिर २८ गते, मंगलबार, होटल पोखरा ग्राण्ड, पार्दीमा नवौँ वार्षिक साधारण सभा डाकेको हो । सो सभा बिहान १० बजे शुरु हुनेछ ।

यसका साथै, डिजिटल बैंकिङ सम्बन्धी कार्यहरु गर्न प्रबन्धपत्रमा थप गर्ने, अन्य उपयुक्त लघुवित्तसँग मर्ज अथवा एक्विजिशन सम्बन्धी कार्य गर्न र प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक समूह अन्तर्गत ग्लोबल आइएमई बैंकबाट प्रतिनिधित्व गर्ने सञ्चालकहरुको बारेमा विशेष प्रस्ताव पारित गर्नेछ ।

कहिले हुन्छ बुक क्लोज ?

साधारण सभा प्रयोजनार्थ लघुवित्तले मंसिर १४ गते एक दिन बुकक्लोज गर्नेछ । यस अनुसार मंसिर १३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरु लघुवित्तको साधारण सभामा सहभागिता जनाउनुका साथै लघुवित्तले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।

हाल लघुवित्तको चुक्ता पुाजी ४३ करोड १७ लाख १० हजार ४११ रुपैयाँ छ । २८ प्रतिशत बोनस सेयर वितरणपश्चात लघुवित्तको चुक्ता पुाजी ५५ करोड २५ लाख ८९ हजार ३२६ रुपैयाँ पुग्नेछ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स