पुनर्बीमा कम्पनीले कोभिड बीमाको लागि गर्यो १ अर्ब रुपैयाँ भुक्तान, बीमा कम्पनीले वित्तीय विवरण बुझाएनन्

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीइओ) शंकर कुमार रायमाझीले भूकम्पको समयमा प्रतिबीमक ७ करोड रुपैयाँ र कोभिड महामारीको समयमा कम्पनीले १ अर्ब बढीको दाबी भुक्तानी गर्न सफल भएको बताएका छन् । नेपाल पुनर्बीमा कम्पनीले शनिबार काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सीईओ सो रकम भुक्तानी गरको बताएका हुन् ।

पुनर्बीमा कम्पनीले आयोजना गरेको कार्यक्रममा बीमा कम्पनीहरूले समयमा कम्पनीको वित्तीय विवरण प्रकाशन गर्न नसक्दा पुनर्बीमा कम्पनीको समेत वित्तीय विवरण प्रकाशन गर्न ढिला गरेको बताए ।

नेपाल पुनर्बीमा कम्पनीले शनिबार काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा जीवन तथा निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको वित्तीय विवरण प्रकाशन गरिसकेपनि पनि पुनर्बीमा कम्पनीलाई उपलब्ध गराउनु पर्ने विवरणहरु भने उपलब्ध गराउन ढिलाइ गरेको गुनासो उनले गरेका हुन् ।

सीईओ रायमाझीले बीमा कम्पनीहरुले उपलब्ध गराउनुपर्ने विवरण समयमा नै उपलब्ध नगराउने प्रवृत्तिका कारण पुनर्बीमा कम्पनीको वत्तीय विवरण प्रकाशनमा सधैं ढिलाइ हुने गरेको छ,’उनले भने ‘पुनर्बीमा कम्पनीले गत आर्थिक वर्ष २०७७÷७८ को तेस्रो त्रैमास अर्थात चैतसम्मको मात्र वित्तीय विवरण प्रकाशन गरेको छ ।’

अन्य ३९ बीमा कम्पनीहरुले भने चालु आव २०७८÷७९ को प्रथम त्रैमास अर्थात असोज मसान्तसम्मको वित्तीय विवरण प्रकाशन गर्दा पुनर्बीमा कम्पनीको वित्तीय विवरण प्रकाशनमा ६ महिना ढिला हुँदै आइरहेको छ ।

बीमा कम्पनीहरूले गर्ने व्यवसायको २० प्रतिशत व्यवसायको पुनर्बीमा नेपाल पुनर्बीमा कम्पनीमा अनिवार्य गर्नुपर्ने प्रावधान रहेको छ । जीवन तथा निर्जीवन बीमा कम्पनीहरुले उपलब्ध गराउने तथ्यांकबाटै कम्पनीको वित्तिय विवरण तयार हुने गर्दछ ।

बीमा कम्पनीहरुले गर्ने व्यवसायको २० प्रतिशत व्यवसायको पुनर्बीमा नेपाल पुनर्बीमा कम्पनीमा अनिवार्य गर्नुपर्ने प्रावधान भएपनि कम्पनीको वास्तविक नाफा भने पाँच प्रतिशत मात्र रहने उनले बताए । यो नाफाबाट पुनर्बीमा कम्पनीले भूकम्प तथा कोभिड महामारीका समयका साथै नेपालमा सञ्चालित जलविद्युत आयोजनाहरुको बीमा ठूलो योगदान रहेको उनले बताए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स