कुमारी बैंकको बेलका शाखाले अक्सिजन प्लान्टका लागि ३ लाख सहयोग

काठमाडौं । कुमारी बैंक लिमिटेडले उदयपुरको बेलकामा निर्माणाधीन अवस्थामा रहेको अक्सिजन प्लान्टलाई ३ (तीन) लाख रुपैयाँ सहयोग गरेको छ । बेलका नगरपालिकाका नगर प्रमुख दुर्गा कुमार थापा र उपप्रमुख राज कुमारी चौधरीलाई बैंकको बेलका शाखाले चेक हस्तान्तरण गरेको हो ।

कुमारी बैंकले विगत ३ वर्ष देखि उक्त स्थानमा सेवा सञ्चालन गर्दै आएको छ । बैंकले स्थानीयको दैनिक आर्थिक कारोबार सहजीकरण गर्दै सामाजिक उतरदायित्व अन्तरगत अक्सिजन प्लान्टलाई आर्थिक सहयोग गरेको कुमारी बैंक बेलका शाखा प्रमुख अमित झाले जानकारी बताए ।

बेलका नगर प्रमुख दुर्गा कुमार थापाले कुमारी बैंक बेलका शाखालाई दिँदै आगामी दिनमा समेत सहयोगको अपेक्षा राखेको बताए । बैंकले देशभर रहेका १९४ शाखा सञ्जाल, १६५ एटिएम, १३ एक्टेनशन काउन्टर लगायत २८ वटा शाखारहित ईकाई मार्फत अत्याधुनिक बैंकिङ सेवाहरु उपलब्ध गराउँदै आएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स