४ वटा जीवन बीमा कम्पनीको नाफा घट्दा, जीवन बीमा कम्पनीको नाफामा साढे १४ प्रतिशतको गिरावट, कसको नाफा कति (सूचीसहित)

काठमाडौं । आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमासमा जीवन बीमा कम्पनीहरुले १ अर्ब १ करोड ६३ लाख रुपैयाँ नाफा कमाएका छन् । नेपालमा सञ्चालित १९ वटा जीवन बीमा कम्पनीमध्ये १८ वटा जीवन बीमा कम्पनीले १ अर्ब १ करोड ६३ लाख रुपैयाँ नाफा कमाएका हुन् ।

नेपाल स्थित अमेरिकी जीवन बीमा कम्पनी मेट लाइफको भने वित्तिय विवरण प्राप्त हुन सकेको छ । हाल वित्तीय विवरण पेश गरेका जीवन बीमा कम्पनीहरुको तथ्यांकको आधारमा नाफा निकालिएको हो ।

वित्तीय विवरण प्रकाशित गर्ने जीवन बीमा कम्पनीमध्ये गत वर्षको पहिलो त्रैमासको तुलनामा चालु आवको पहिलो त्रैमासमा १४ वटा कम्पनीको नाफा बढ्दा ४ वटा कम्पनीको नाफा भने घटेको छ । ४ वटा कम्पनीका नाफा घट्दा बीमा कम्पनीको खुद नाफा प्रभावित भएको छ ।

गत वर्षको सोहि अवधिको तुलनामा चालु आवको पहिलो त्रैमासमा जीवन बीमा कम्पनीहरुको नाफा करिब १४.४० प्रतिशत अर्थात १७ करोड रुपैयाँले घटेको छ । गत वर्षको पहिलो त्रैमासमा १८ वटा जीवन बीमा कम्पनीहरुले १ अर्ब १८ करोड ७२ लाख रुपैयाँ नाफा कमाएका थिए ।

यो वर्ष गुरास लाइफ इन्स्योरेन्स, नेशनल लाइफ इन्स्योरेन्स, नेपाल लाइफ इन्स्योरेन्स र लाइफ इन्स्योरेन्स कर्पोरेशनको नाफा घटेको छ । यी कम्पनीहरुको नाफा क्रमशः ४.१५, २६.७२, ९६.९३ र ४४.९० प्रतिशतले घटेको छ ।

सन लाइफ इन्स्योरेन्सले पहिलो त्रैमासमा ९७.१४ प्रतिशतले नाफा बढाएको छ । पहिलो ३ महिनामा सन लाइफ इन्स्योरेन्सको नाफा ५० करोड २२ लाख रुपैयाँ छ । गत वर्ष सोही अवधिमा कम्पनीको नाफा २५ करोड ४७ लाख रुपैयाँ थियो ।

लाइफ इन्स्योरेन्स कम्पनीहरुको नाफा

[embeddoc url=”https://hamroartha.com/wp-content/uploads/2021/11/jpg2pdf.pdf” cache=”off”]

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स