कति हिँडु एक्लै एक्लै टुटेका ती सपना बोकी
रहर सबै कैद भए बाँचेको छु हाँसो रोकी।।
खुशी सबै बन्दगी छन् बाँकी छ यो सास
यात्रा कतै जोडिन्छ कि अझै लाग्छ आस।
प्राण भन्दा माया लाग्ने तिमी थियौ खास
बाहिर हेर्दा जिउदो छु म भित्रभित्रै लाश।।
कति हिँडु एक्लै एक्लै………….
छाया जस्तै थिए साथ कहिल्यै नछुट्टिने
मुटुभित्रै तस्विर बस्यो कहिल्यै नमेट्टिने।
समयले बार लायो तिम्रो मेरो बीचमा
चित्त धेरै दुख्दो रैछ नपाइने चीजमा।।
कति हिँडु एक्लै एक्लै………….