राष्ट्र बैंकको नीति पश्चात साढे ४ अर्बले घट्यो सेयर धितो कर्जा, कुन बैंकको कति सेयर कर्जा

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत् सेयर धितो कर्जामा कडाइ गरेसँगै सेयर धितो कर्जा रकम घट्दै गइरहेको छ ।

राष्ट्र बैंकले सेयर धितो कर्जामा सीमा पश्चात यस्तो प्रकारको कर्जा करिब ४ अर्ब ५९ करोड ७२ लाख रुपैयाँले घटेको छ ।
राष्ट्र बैंकले गत साउन २९ गते मौद्रिक नीतिमार्फत सेयर धितो कर्जामा नयाँ व्यवस्था गरेको थियो ।

राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत व्यक्ति तथा संघ संस्थाले एउटा बैंक तथा वित्त संस्थाबाट अधिकतम ४ करोड रुपैयाँ र समग्रमा १२ करोड रुपैयाँभन्दा बढीले सेयर धितो लिन नपाउने व्यवस्था गरेको हो ।

राष्ट्र बैंकले सेयर धितोमा नयाँ व्यवस्था गर्दासम्म अर्थात् २०७८ साउन मसान्तसम्म बैंक तथा वित्त कम्पनीले १ खर्ब ८ अर्ब ५१ करोड १५ लाख रुपैयाँ सेयर धितोमा कर्जा दिएका थिए । बैंक तथा वित्त कम्पनीले राष्ट्र बैंकले गरेको नयाँ व्यवस्थाको कार्यान्वयन गर्दै भदौ र असोज महिनामा गरी करिब साढे ४ अर्ब रुपैयाँ बढी कर्जा फिर्ता लिएका हुन् ।

बैंक तथा वित्त कम्पनीले राष्ट्र बैंकले तोकेको सीमाभन्दा बढी सेयर धितोमा कर्जा दिएको भए २०७८ साउन २९ मा सीमामा ल्याइसक्नु पर्ने हुन्छ । यद्यपि तोकिएको सीमाभन्दा कम कर्जा दिएका बैंकहरुले भने धितो मूल्यांकनको आधारमा थप सेयर कर्जा दिन पाउछन् ।

उक्त व्यवस्था कार्यान्वयनमा आएसँग सेयर धितो कर्जा उल्लेखनिय रुपमा घटेको छ ।

राष्ट्र बैंकको नीति पछिको पहिलो २ महिनामा करिब साढे ४ अर्ब रुपैयाँ बढीे सेयर धितो कर्जा घटेको देखिन्छ ।

राष्ट्र बैंकको सेयर धितो कर्जाबारे नयाँ नीतिपछि बैंक तथा वित्त कम्पनीले २ महिनामै ४.४२ प्रतिशतले सेयर धितोमा जाने कर्जा घटाएका हुन् ।

साउन मसान्तसम्म प्रवाहित सेयर धितो कर्जाको तुलनामा असोज मसान्तसम्म वाणिज्य बैंकले यस्तो कर्जा ३ अर्ब ८७ करोड ८९ लाख, विकास बैंकहरुले ६५ करोड ९५ लाख र वित्त कम्पनीहरुले ५ करोड ८८ लाख रुपैयाँले घटाएका छन् ।

वाणिज्य बैंकहरुमध्ये सबैभन्दा धेरै सेयर धितो कर्जा राष्ट्रिय वाणिज्य बैंकले प्रवाह गरेको छ । बैंकले ५ अर्ब ९४ करोड १० लाख रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेको छ ।

वाणिज्य बैंकहरूले दिएको शेयर धितो कर्जाको विवरणस् रकम रु.१० लाखमा

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स