काठमाडौं । नेपालकै एफएमजिसीमा अग्रणी ब्रान्ड हाइलाइफ फुड्सले नेपाल प्रिमियर लिग (एनपीएल)को लागि लुम्बिनी लायन्ससँग जर्सीमा सहकार्य गरेको छ । क्रिकेटको उत्साह र स्वस्थ जीवनशैली भन्ने मूल नारासहित यो कम्पनीले लुम्बिनी लायन्सप्रति समर्थन जनाउँदै सहकार्य गरेको हो ।
हरेक खेलाडीहरु स्वस्थ्य राख्नुको साथै हरेक नेपालीहरुलाई स्वस्थ जीवनशैली बाच्नको लागि हाइलाइफका विभिन्न ब्रान्डहरुले हरेक नेपालीको घर–घरमा हरेक दिन सहयोग पुुर्याउँदै आएको छ ।
क्रिकेटमार्फत सम्पूर्ण युवाहरुलाई फिटनेश र टिमवर्कप्रति जागरुक गराउनुको साथै उक्त टिमलाई समर्थन गरेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा क्रिकेटलाई अघि बढाउन यस कम्पनीको सदैव सहयोग रहनेछ । हाइलाइफका विभिन्न खाद्य वस्तुहरुमार्फत नेपाली पुस्ता र हरेक क्षेत्रका समुदायहरुलाई जोड्न समेत यस कम्पनीको ब्राण्डहरुको विशेष भूमिका रहेको छ ।
खाजा होस् या खाना हरेकको भान्छामा यसका उत्पादनहरु प्रयोग भइ नै रहेका छन् । व्यस्त र आधुनिक जीवनशैली अनुसार ग्राहकको आवश्यकतालाई मध्यनजर गर्दै गुणस्तरीय उत्पादन र प्याकेजिङलाई प्राथमिकता दिनु नै यस कम्पनीको विशषेता हो ।
हाइलाइफले चिउरा, सोयाविन मस्यौरा, कर्नफ्लेक्स, ओट्स लगायतका खाद्यहरु उत्पादन तथा आयात गरि बजारीकरण समेत गर्दै आएको छ । अन्य २ कम्पनीहरुका उत्पादनहरुलाई समेत हाइलाइफको माध्यमबाट बजारीकरण गर्ने गरिएको छ । उपभोक्तालाई दिएको गुणस्तरीय सेवाका कारण मागले थेग्न सक्ने अवस्था नहुँदा अन्य कम्पनीका गुणस्तरीय उत्पादनहरुलाई समेत बजार पुर्याउन यसले सहयोग गर्ने गरेको छ । हरेक नेपालीका भान्छामा आवश्यक हरेक वस्तु उपलब्ध गराउने योजनाअनुसार कम्पनी छिट्टै अचार तथा खाने तेल समेत उत्पादन गर्ने योजनामा छ ।
नेपाली उत्पादनलाई कमसल र तल्लो स्तरको मान्ने नेपाली उपभोक्ताको मानसिकतालाई आफूहरुले परिवर्तन गर्न सफल भएको कम्पनीको दाबी छ । यसैगरी, गुणस्तरीय खाने तेलका लागि उद्योग सञ्चालनमा ल्याउने तयारी रहेको छ ।
कम्पनीले हाल विभिन्न १५ वटा विधाका ८३ बढी खाद्य वस्तु उत्पादन गर्दै आएको छ । कम्पनीले उत्पादन गर्ने सबै खाद्यान्नहरुमा नेपालकै ९० प्रतिशत कच्चा पदार्थ प्रयोग गरी उच्च गुणस्तरको उत्पादन गरिएको र उत्पादित वस्तु नेपालका सबै सहरहरुका साथै विदेशमा हङकङ, मकाउ लगायतका देशहरुमा विक्री वितरण हुुँदै आइरहेको भने अष्ट्रेलिया र अमेरिकामा समेत निर्यात गर्ने प्रक्रियामा रहेको छ ।