१८ औं हस्तकला मेला सुरुः के के पाइन्छ र को को भए सम्मानित ?

काठमाडौं । १८ औं हस्तकला व्यापार मेला आज शुक्रबारदेखि सुरु भएको छ । नेपाल हस्तकला महासंघको आयोजनामा काठमाडौको बौद्धस्थित होटल हायात रिजेन्सीमा मंसिर ३ गते देखि ५ गतेसम्म्म सञ्चालन हुने उक्त मेलाको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गरेका छन् । उक्त मेलामा १६ औं कला प्रतियोगिता पनि हुने भएको छ ।

हस्तकला देशको कला र संस्कृतिले पहिचान भएको बताउँदै यसको विश्वबजारीकरणमा जोड दिनुपर्ने प्रमले बताए । हस्तकला विकास र सरंक्षणको लागि सरकार प्रतिवद्ध रहेको उनको भनाइ छ । हस्तकलामा कोरिएका चित्रहरु, मूर्तिले देशको कला, धर्म संस्कृतिको पहिचान गर्ने भएकोले हस्तकलालाई संरक्षण गर्दै पुस्तान्तरण गर्न व्यवसायीलाई प्रम देउवाले आग्रह गरे ।

सरकार हस्तकला क्षेत्रको संरक्षणका लागि तयार र यसका लागि आवश्यक ऐन तथा नीति बनाएर अगाडि बढ्न सहयोग गर्ने बताए । ‘मेलाको अवलोकन गर्दा अति सुन्दर मूर्ति, कला, मिहिनेत देख्दा म खुशि छु,’ उनले भने ‘हाम्रो पहिचान कायम राख्न धेरै कालीगढहरुले परम्परागत, आधुनिक शैलीमा मिहिनेत गरेर सुन्दर मूर्ति, फेसन, विभिन्न कालाकृतिका सामग्रीहरुले मेला अत्यन्न सुन्दर बनाएको छ । उनले भने यो नै देशको पहिचान हो । ’

यस्तै कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्री प्रेम आलेले देशको धर्म संस्कृति पहिचान नै हस्तकला भएको बताउँदै देशको अर्थतन्त्रमा हस्तकालाको करिब सात अर्बको व्यापार गरेको जानकारी गराए । मेला सफलताको कामना व्यक्त गर्दै हस्तकला उद्यमीलाई उच्न मोनोबलका साथ व्यवसाय गर्न आग्रह गरे । सरकारले हस्तकालाको व्यवसायीकरणका लागि आवश्यक सहयोग गर्न तप्पर रहेको उल्लेख गरे ।

त्यसैगरि कार्यक्रममा महासंघका उपाध्यक्ष तथा मेला संयोजक रवीन्द्र शाक्यले हस्तकला रोजगारी सृजनाको साथै आर्थिक उपार्जनको मुख्य स्रोत भएको बताए । उनले हस्तकलाको पहिचान र संरक्षणको लागि कला वर्ष घोषणा गर्न सरकारलाई आग्रह पनि गरे । उनले साँच्चै सरकारले हस्तकलाको विकास, संरक्षण गर्न, प्रोत्सहान गर्न सरकारी कार्यलयमा स्वदेशी उत्पादित वस्तुको प्रयोग गर्न खरिद ऐनमा व्यवस्था गर्नुपर्नेमा जोड दिए ।

के के छन् मेलामा

मेलामा विभिन्न हस्तकलाका विधाका एकसय २० भन्दा बढी स्टल रहेको जानकारी दिए । मेलाको मुख्य आकर्षण एउटै छानामुनि हस्तकला वस्तुको बृहत प्रदर्शनी तथा बिक्री, समयसापेक्ष मेड इन नेपाल, मेक इन नेपाल अवधारणाअनुरुप वस्तुको प्रदर्शनी, परम्परागत तथा नवोदित सम–सामयिक हस्तकला विधाको कलाप्रतियोगिता अन्तर्गत परम्परागत–जडाऊ कला( फिलगिरी) रहेको बताए ।

समसामयिक प्राकृतिक रेशा(नेचुरल फाइवर), अर्मूत सांस्कृतिक सम्पदाको उजागर, तारागाउँ कल्चर सेन्टरको हलमा उत्कृष्ट हस्तकला वस्तुको कला प्रदर्शनी, विभिन्न विधामा जीवन पर्यन्त संलग्न ७० वर्ष नाँघेका जेष्ठ कलाकारलाई सम्मान र हस्तकलाकलाका उत्कृष्ट निर्यातकर्तालाई सम्मान गरेको बताउनु भयो । कार्यक्रममा महासंघका अध्यक्ष सुरेन्द्र भाइ शाक्यले मेला बारेको प्रकाश पारेका थिए ।

के सिक्न सकिन्छ मेलाबाट ?

वर्ष एक निश्चित समयमा यस्ता मेला आयोजनाले नयाँ –नयाँ उद्यमी निस्कने, हस्तकलाका वस्तुको उत्पादन, डिजाइन, विकास र वस्तु विविधिकरण प्रोत्साहन मिल्ने बताइएको छ । हस्तकलाको क्षेत्रमा रहेकोे सीप, कला र प्रविधिबारे जानकारी आदान प्रदान हुने, स्वदेशमै रोजगारी अभिबृद्धि हुने, हस्तकलामा नयाँ पुस्तालाई आकर्षित गर्न सकिने आयोजकको अपेक्षा रहेको छ ।

कतिले गर्छन मेला अवलोकन

मेलाका झण्डै एक लाखले अवलोकन गर्ने, प्रत्यक्ष कारोबार र व्यवसायिक अर्डरसमेत गरी तीन करोडदेखि पाँच करोड रुपैयाँसम्मको कारोबार हुने अनुमान गरिएको छ । साथै, मेलामा प्रवेश टिकट खरिद गरी मेला अवलोकन गर्ने आगन्तुकलाई विशेष आकर्षक डोर प्राइजको व्यवस्थासमेत गरिएको आयोजकले जनाएको छ ।

कला संस्कृति जगेर्ना गर्नुपर्नेमा महासंघको जोड

नेपालको मौलिक कलाका रुपमा रहेको परम्परागत हस्तकलालाई यहाँका कलाकार कालीगढबाट उत्पादित हस्तकलाका वस्तु स्वदेश र विदेशमा व्यापार व्यवसाय प्रवद्र्धन गर्न हस्तकलामा संलग्न कलाकार, कालीगढलाई प्रोत्साहन गरी सीप हस्तान्तरण गरी हाम्रो देशको भौलिक कलाकृति अन्तराष्ट्रिय बजारमा समेत प्रवद्र्धन गर्नुपर्नेमा महासंघले जोड दिँदै आएको छ ।

को को भए सम्मानित ?

कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष प्रचण्ड शाक्यले मेलाले कोरोना महामारीले सिथिल बनेको हस्तकलाको आन्तरिक तथा बाह्य बजारलाई प्रवद्र्धन गर्न टेवा पुग्ने बताउँदै मेला सफलताको लागि सबैसँग आग्रह गरे ।

कार्यक्रममा उत्कृष्ट व्यवसायीहरु पद्म रत्न धाख्वा, गोपी प्रसाद कडेल, प्रदिप थापा ,जेम्स श्रेष्ठ, संगम श्रेष्ठ, सोनुस केसी, खगेन्द्र गजमेर, निम्दिकी शेर्पा, गोबिन्द टण्डन, एकदेव अर्याल, चन्द्र बहादुर थापा , नरेशलाल श्रेष्ठ, मेहेश्वर श्रेष्ठ, रविन श्रेष्ठ, कुवेर सापकोटा, नन्द बज्राचार्य लगायतलाई दोसल्ला ओढाइ सम्मान्नपत्रसहित सम्मान्न गरिएको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स