काठमाडौं । शुक्रबार छापावाल सुनको मूल्य १६ सय रूपैयाँले बढेको छ ।
बिहीबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४९ हजार ३ सय रूपैयाँ कायम भएकोमा आज १ हजार ६ सय रूपैयाँले बढेर १ लाख ५० हजार ९ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी, बिहीबार चाँदीको मूल्य प्रतितोला १८ सय रुपैयाँ कायम भएकोमा आज ४५ रूपैयाँले बढेर १८ सय ४५ रूपैयाँ कायम भएको छ ।