हिमालयन रि इन्स्योरेन्सका अध्यक्षमा गोल्छाले शपथ लिए

काठमाडौं । हिमालयन रि इन्स्योरेन्सका नवनियुक्त अध्यक्ष शेखर गोल्छाले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

अध्यक्ष गोल्छाले बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालबाट पद तथा गोपनीयताको शपथ लिएका छन् ।

बीमा समितिको कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष सिलवालले कम्पनीका नवनियुक्त अध्यक्ष गोल्छालाई शपथ गराएका हुन् ।

उनी कार्तिक २६ गते सम्पन्न प्रथम वार्षिक साधारणसभाबाट आगामी ४ वर्षका लागि अध्यक्ष पदमा चयन भएका थिए ।

हिमालयन रिइन्स्योरेन्सले साउन १० गते कारोबार सञ्चालनको अनुमति पाएको हो । कम्पनी रजिस्ट्रारको कार्यालयले साउन १० गते कारोबार स्वीकृति, सेयर तथा सञ्चालक लगत अभिलेख गरेको पत्र कम्पनीलाई पठाएको थियो।

विवादैविवादका माझ रिइन्स्योरेन्स कारोबार गर्न अनुमति पाएको हो । कम्पनीले बीमा समितिबाट असार २४ गते कारोबारको अन्तिम स्विकृति पाइसकेको छ ।

कम्पनीका लगानीकर्तामा निजी क्षेत्रको छाता संगठनका नेताहरूको बाहुल्यता छ । हिमालयनले गत जेठ १६ गते नै पुनर्बीमा व्यवसाय चलाउने आशयपत्र पाएको थियो । त्यसयता बीमा समितिले हिमालयन रिका लगानीकर्ताले ७ अर्ब पुँजीको जोहो गरिसकेका छन् ।

१० अर्ब पुँजीको हिमालयन रिले संस्थापकका तर्फबाट ७ अर्ब लगानी गर्ने योजना बनाएको छ । अर्थात् १० अर्ब चुक्तापुँजी भएको ‘रि’ले ३ अर्ब रूपैयाँ आईपीओमार्फत् लगानी जुटाउनेछ । अर्थात् ३ करोड कित्ता सेयर १०–१० कित्ताका दरले ३० लाख जनाले पाउनेछन् । हाल खुलेको आईपीओमा अधिकतम २५ लाख जनाले आवेदन दिँदै आएका छन् । हिमालयन रिको आईपीओ आउञ्जेलसम्म आवेदनकर्ताको संख्या झनै बढ्ने छ ।

चार प्रतिष्पर्धी कम्पनीहरुलाई पछि पार्दै लाइसेन्स हात पारेको हिमालयनको अध्यक्षमा गोल्छा ग्रुपका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा भएका हुन् ।

१०६ जना संस्थापक लगानीकर्ता रहेको हिमालयन रिमा राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंकले ५०/५० करोड रुपैयाँ लगानी गरेका छन् । त्यसबाहेक अध्यक्ष शेखर गोल्छा, महासंघकै निवर्तमान अध्यक्ष भवानी राणा, पूर्व अध्यक्ष पशुपति मुरारका, नेपाल उद्योग परिसंघका अध्यक्ष सतिश मोर, जगदम्बा ग्रुप, एमभी दुगड ग्रुप, दिपक भट्ट लगायतको लगानी छ ।

बीमा समितिले गत वैशाख १६ गते सार्वजनिक सूचना प्रकाशित गरेर एउटा रि इन्स्योरेन्स कम्पनीका लागि आवेदन खुलाएको थियो । जसमा काठमाडौं रि, अन्नपूर्ण रि, जेन्युइन रि, प्रुडेन्सियल रि र हिमालयन रिले आवेदन दिएका थिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स