काठमाडौं । निर्जीवन बीमा कम्पनीहरूले असोज १० देखि १२ गतेसम्म ७८ करोड ९३ लाख रुपैयाँ बीमा दावी भुक्तानी गरेको छ । निर्जीवन बीमा कम्पनीहरूले १ हजार २१५ पोलिसीको दावी भुक्तानी गरेको हो ।
सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीले हालसम्म एउटा पोलिसीको पनि दावी भुक्तानी गरेको छै न । उक्त कम्पनीमा २० करोड रुपैयाँको दावी भुक्तानी परेको छ ।
असोज दोस्रो साता आएको अविरल वर्षाका कारण पुगेको क्षतिको कारण ३ हजार ५२९ बीमापोलिसीमार्फत मंसिर १२ गतेसम्म १२ अर्ब २६ करोड ४ लाख रुपैयाँको दावी भुक्तानी परेको छ ।
यो अवधिसम्म सबैभन्दा बढी बीमा दावी भुक्तानी शिखर इन्स्योरेन्सले गरेको छ भने सिद्धार्थ इन्स्योरेन्सलेबढी भुक्तानी गर्ने दोस्रो कम्पनी परेको छ । शिखर इन्स्योरेन्सले मंसिर १२ गतेसम्म २७ करोड ६ लाख रुपैयाँ बाढी पीडितको दावी भुक्तानी गरेर बढी दावी भुक्तानी गर्ने नमुना कम्पनी बनेको छ । कम्पनी ४५७ वटा बीमालेखको १ अर्ब १० करोड २० लाख रुपैयाँको दावी परेको छ । सोमध्य कम्पनीले ३९५ वटा कम्पनीको दावी भुक्तानी गरेको हो ।
सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले मंसिर १२ गतेसम्म १३ करोड ६७ लाख रुपैयाँ दावी भुक्तानी गरेको छ । कम्पनीले १६९ ओटा पोलिसीको बीमा दावी भुक्तानी गरेको हो । कम्पनीमा ५०५ वटा बीमा पोलिसीमार्फत २ अर्ब ५९ करोड ८ लाख रुपैयाँ बीमा दावी परेको छ । यो दावी सबै निर्जीवन बीमा कम्पनीकोभन्दा बढी हो ।
मंसिर १२ गतेसम्म दि ओरिएन्टल इन्स्योरेन्स १०१ बीमा पोलिसीको २ करोड रुपैयाँ , सगरमाथा इन्स्योरेन्सले ७ करोड ३२ लाख रुपैयाँ, हिमालयन एभरेष्ट इन्स्यारेन्सले ८ करोड ५३ लाख रुपैयाँ, सानिमा जीआईसी इन्स्योरेन्सले ३ करोड ३७ लाख रुपैयाँ दावी भुक्तानी गरेको छ ।
नेको इन्स्योरेन्सले १०१ पोलिसीको दावी भुक्तानी गरेको छ । सो पोलिसीको दावी भुक्तानीको लागि कम्पनीले ६ करोड ९० लाख रुपैयाँ भुक्तान गरेको छ भने युनाइटेड अजोड इन्स्योरेन्सले ५८ लाख रुपैयाँ, नेशनल इन्स्योरेन्सले २२ लाख, एनएलजी इन्स्योरेन्सले १ करोड २६ लाख रुपैयाँ, आईजीआई प्रुडेन्सियलले ६१ ओटा बीमा पोलिसीको ६ करोड २ लाख रुपैयाँ दावी भुक्तानी गरेको छ ।
नेपाल इन्स्योरेन्सले ३१ ओटा पोलिसीको १ करोड १८ लाख, प्रभु इन्स्योरेन्सले ६९ लाख रुपैयाँ दावी भुक्तानी गरेको छ ।
त्यस्तै माइक्रो इन्स्योरेन्सतर्फ नेपाल माइक्रो इन्स्योरेन्सले ५ लाख, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले १ लाख १८ हजार रुपैयाँ र स्टार माइक्रो इन्स्योरेन्सले २६ हजार दावी भुक्तानी गरेका छन् । माइक्रो इन्स्योरेन्सतर्फ पनि ट्रष्ट माइक्रो इन्स्योरेन्सले अहिलेसम्म कुनै भुक्तानी गरको छैन । उक्त माइक्रो इन्स्योरेन्स१५ लाख २० हजार रुपैयाँको बीमा दावी परेको छ ।