काठमाडौं । साताको अन्तिम दिन सेयर बजारमा करेक्सन आएको छ ।
बिहीबार, नेप्से परिसूचक ८.३० अंकले घटेर २७४८.०५ अंक विन्दुमा आइपुगेको छ ।
आज १ करोड ६६ लाख ६३ हजार कित्ता सेयर ८ अर्ब ५४ करोड ५५ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, ५० वटा कम्पनीको सेयर मूल्य बढ्दा १९४ वटा कम्पनीको घटेको छ ।
त्यसैगरि, एक्सेल डेभलपमेन्ट बैंकको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ३१ करोड ८ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
त्यस्तै, नेपाल फाइनान्सको २४ करोड ७४ लाख, मितेरी डेभलपमेन्ट बैंकको २७ करोड ९४ लाख, जानकी फाइनान्सको २३ करोड १६ लाख, ङादी ग्रुप पावरको २० करोड ३३ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।