काठमाडौं । विश्वजगतमा हरेक दिन प्रविधिले फड्को मारीरहँदा नेपालमा पनि घर सम्बन्धी सम्पूर्ण किसिमको सेवा दिने मोबाइल एप्लिकेशन सेवा एपले विगत २ वर्ष देखि सेवा दिईरहेको छ ।
जसमा एउटा घरधनीलाई आवश्यक हुने सबै किसिमका सुविधाहरुः घरभाडा सम्झौता , घरभाडा डायरी देखि धारा बिजुली बनाउने कामदार र त्यस्ता कामको सुपरिवेक्षणका लागि प्राविधिक इन्जिनियर सम्म बोलाउन सकिने फिचरहरु छन् ।
यस एपले विशेषत काठमाडौं भ्याली भित्र सेवा दिइरहेको छ तथापी देशका मुख्य शहरहरु पोेखरा, चितवन, इटहरी, बुटवलबाट पनि यसको माग बढ्दो रहेको संस्थापक प्रशान्त प्रधान बताउँछन् ।
संस्थापकका अनुसार हाल यो एपमा १३ हजार ग्राहक र २ हजार प्राविधिकहरु जोडिएका छन् तथापी प्राय ग्राहकहरु एपबाट भन्दा पनि सिधै सम्पर्क गरेर सेवालिन चाहन्छन् यो अवस्था हेर्दा विशेषत घरधनी उमेरका समुह प्रविधिमैत्री नभैसकेको प्रधानले बताए ।
सेवा एपका सामाजिक संजालहरुबाटै घरसम्बन्धी कन्टेटहरु समेत प्रदान गरिने हुँदा अहिले सेवा एपलाई सेवा दिएर भ्याइनभ्याइ नै छ । सेवा एपलाई विशेषत मोडुलर किचेन, नयाँ कोठा निर्माण, स्काइ लाइट, बाथरुम निर्माण तथा नविकरण जस्तो सेवाहरुका लागि ग्राहकहरु बढी सम्झनछन् ।
तुलनात्मक रुपमा कम र निश्चित मूल्य, काम समापन पछिको वारेन्टी, सुपरिवेक्षण सहितको सेवा र इन्जिनियरिङ र आर्किटेक्ट सहितको सेवाका कारण पनि यस कम्पनीमा ग्राहकहरु आकर्षित देखिन्छन् ।
यस्ता सेवाहरु प्रदान गर्नका लागि यस कम्पनीले आफैले तालिमयुक्त र नयाँलाई समेत तालिम दिई फुलटाइम स्टाफको रुपमा राखेको छ ।