घट्यो दुवै सुनचाँदीको मूल्य, तोलामा कति पुग्यो ?

काठमाडौं । बिहीबार छापावाल सुनको मूल्य ३ सय रूपैयाँले घटेको छ ।

बुधबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४९ हजार ६ सय रूपैयाँ कायम भएकोमा आज ३ सय रूपैयाँले घटेर १ लाख ४९ हजार ३ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, बुधबार चाँदीको मूल्य प्रतितोला १८ सय ३० रुपैयाँ कायम भएकोमा आज ३० रूपैयाँले घटेर १८ सय रूपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स