काठमाडौं । सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडको संस्थापक सेयर बिक्रीमा राखिएको छ । बैंकको संस्थापक समूहको ४० हजार कित्ता सेयर बिक्रीमा राखिएको हो।
बैंकले बैंककै अन्य विद्यमान संस्थापक सेयरधनीले किन्न पाउने गरी सेयर बिक्रीमा राखेको हो।
उक्त सेयरको बिक्री मूल्य प्रतिकित्ता न्यूनतम १०० रुपैयाँ तोकिएको छ।
सेयर खरिद गर्न चाहने इच्छुक संस्थापक सेयरधनीले पुस १६ गतेभित्र मोरङ जिल्लाको विराटनगरस्थित बैंकको कर्पोरेट कार्यालयमा आवेदन दिनु पर्नेछ।
साथै तोकिएको समय सीमाभित्र संस्थापकबाट सेयर खरिदका लागि आवेदन नआएको खण्डमा सो शेयर सर्वसाधारणमा बिक्री खुला गरिने बैंकले जनाएको छ।