जस्मिन पेन्ट्सको ब्रान्ड एम्बेसडरमा पारस खड्का

काठमाडौं । जस्मिन पेन्ट्सको ब्रान्ड एम्बेसडरमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का नियुक्त भएका छन्।

कम्पनीले आफ्नो बजार प्रवर्द्धनका लागि यस अघि नेपालका चर्चित कलाकारहरुलाई समेत ब्रान्ड एम्बेसडर नियुक्ति गरिसकेको अवस्थामा पछिल्लो समय नेपाली खेल क्षेत्रको विकास र युवाहरुको चाहना र भावनालाई मध्यनजर गर्दै नेपाली क्रिकेटले आफ्नो उत्कृष्ट प्रभुत्व जमाउन सकिरहेको अवस्थामा खेल र खेलाडीहरुलाई पनि थप प्रोत्साहन गर्ने उदेश्यका साथ खड्कासँग सहकार्यका लागि हातहरु अघि बढाएको जनाएको छ ।

खड्कासँग गरिएको यस सहकार्यले नेपाली खेलकुदका साथ–साथै कम्पनीका उत्पादनहरुलाई प्रवर्द्धन गर्न र बजारीकरण बिस्तारका निमित्त थप टेवा पुग्ने अपेक्षा कम्पनीले गरेको छ ।

यस सहकार्यले कम्पनीका उत्पादनहरु स्वदेशी रुपमा मात्र परिचित नभई अन्तराष्ट्रिय स्तरमा नै परिचित हुने विश्वास कम्पनीले उल्लेख गरेको छ ।

विगत ३१ वर्ष देखि निरन्तर नेपाली ग्राहकहरुको सेवामा समर्पित यस जस्मिन पेन्ट्स ‘नेपाली मनको नेपाली रंग’’ स्लोगन बोकेर नेपाल रंगाउदै आएको छ । यस कम्पनी नेपाली पेन्ट्स कम्पनीहरु मध्ये कै नम्बर १ पेन्ट्सको रुपमा आफुलाई स्थापित गर्न सफल भएको छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्डहरुबाट पुरस्कृत भैसकेको कम्पनीले अझ जिम्मेवार वहन गरि २१ औ शताब्दीको चुनौतीलाई सामना गर्न सक्ने नवीनतम सोच र प्रविधिका साथ उत्कृष्ठ र गुणस्तरीय उत्पादनहरु नेपाली बजारमा पुर्याईरहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स