प्रभु केबलकारले मंसिर २९ गतेदेखि शतप्रतिशत हकप्रद सेयर निष्काशन गर्ने

काठमाडौं । प्रभु केबलकार एण्ड टुरिजम लिमिटेडले हकप्रद सेयर निष्काशन गर्ने भएको छ ।

कम्पनीले मंसिर २९ गतेदेखि शतप्रतिशत हकप्रद सेयर निष्काशन गर्न लागेको हो ।

कम्पनीले मंसिर ११ गतेसम्म कायम संस्थापक सेयरधनीहरूका लागि १ बराबर १ अर्थात् शतप्रतिशत हकप्रद सेयर बिक्री खुला गर्न लागेको हो।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ७० लाख कित्ता हकप्रद सेयर जारी गर्ने बताएको छ। इच्छुकले उक्त सेयरमा माघ ४ गतेसम्म काठमाडौंको तिनकुनेस्थित कम्पनीको कार्यालयमा बैंकिङ समयसम्म आवेदन दिन सकिनेछ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स