महिला क्रिकेट एकेडेमीको शिलान्यासका लागि गृहजिल्ला जाँदै खेलकुद मन्त्री अथक

काठमाडौं । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) आज बाँके जाने भएका छन् । बुद्ध एयरको प्लेनबाट बेलुका ६ बजे मन्त्री अथक गृहजिल्ला जान लागेको हो ।

बाँकेको कोहलपुरमा रहेको क्रिकेट मैदानमा निर्माण भर्ने भनिएको महिला क्रिकेट एकेडेमीको शिलान्यासकालागि उनी गृहजिल्ला जान लागेको हो । त्यसक्रममा मन्त्री अथकले भोली नेपालगन्जमा हुने नेपालगन्ज म्याराथनको उद्घाटन गर्ने कार्यक्रम समेत रहेको छ ।

तीन दिने जिल्ला भ्रमणका क्रममा मन्त्री अथकले कोहलपुर क्रिकेट मैदान, नेपालगन्ज रंगशालाका तथा जिल्लाभित्र रहेका खेलकुदका अन्य संरचनाको अवलोकन गर्नुकासाथै आफ्नो निर्वाचन क्षेत्रको अनुगमन गर्ने कार्यक्रम समेत रहेको छ ।

मन्त्रीका रुपमा पहिलो पटक पदभार ग्रहण गरेलगत्तै अथकले कोहलपुरमा महिला क्रिकेट एकेडेमी निर्माण गर्ने उद्घोष गरेका थिए । आईतबार बिहान ९ बजे एकेडेमीको शिलान्यास गर्ने कार्यक्रम रहेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स