काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा एक वाणिज्य बैंकको सेयर मूल्य समायोजन भएको छ । मंगलबार, स्ट्यान्डर्ड चार्टर्ड बैंक लिमिटेडको बोनस सेयरमा मूल्य समायोजन भएको हो ।
जसमा बैंकको ६.५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । कम्पनीको आजको अन्तिम कारोबार मूल्य ७६० रुपैयाँलाई आधार मानेर मूल्य समायोजन भएको छ । समायोजन पश्चात कम्पनीको मूल्य ७१३.६२ रुपैयाँ कायम भएको छ ।
योसँगै, अब भोलि बुधबार समायोजित मूल्यलाई आधार मानेर कम्पनीको कारोबार खुला हुनेछ ।