नेप्से ३३ अंकले बढ्दा तीन कम्पनीमा लाग्यो सर्किट

काठमाडौं । मंगलबार, नेप्से परिसूचक ३३.४१ अंकले बढेर २७१६.६६ अंक विन्दुमा आइपुगेको छ ।

आज १ करोड ४२ लाख ९२ हजार कित्ता सेयर ७ अर्ब ४४ करोड ९८ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, २११ वटा कम्पनीको सेयर मूल्य बढ्दा ३२ वटा कम्पनीको घटेको छ भने १ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, सपोर्ट माइक्रो फाइनान्स, युनाइटेड इदी मर्दी, कुथेली बुखरी स्मल हाइड्रोपावरमा १० प्रतिशतले सकरात्मक सर्किट लागेको छ ।

मिथिला लघुवित्तको ९.६२%, अपर हेवाखोला हाइड्रोपावरको ८.८०%, माया खोला हाइड्रोपावरको ८.६५%, अपर सोलु हाइड्रो इलेक्ट्रिकको ७.९६%, विशाल बजारको ७.७६%, जानकी फाइनान्सको ७.२६%, गोर्खाज फाइनान्सको ६.७३ प्रतिशतले सेयर मूल्य बढेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स