यो साता यी कम्पनीको सेयर मूल्य अत्याधिक बढ्यो, २७ प्रतिशतको वृद्धिसहित एनटीसी पहिलो स्थानमा, बाँकीको कति बढ्यो

काठमाडौं । यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७८.८४ अंकले बढेको छ । यो साता ५ दिनै कारोबार भएको छ । यो साता नेप्से सूचक ३ दिन बढेको र २ दिन घटेको छ ।

२६९०.२९ अंकमा साताको कारोबार शुरु भएको नेप्से ७८.८४ अंकले बढेर २७६९.१३ विन्दुमा पुगेर रोकिएको छ ।
कारोबार साताको पहिलो दिन आइतबार नेप्से १.३७५७ अंकले घटेर २६८८.९२ विन्दुमा आएको थियो ।

दोस्रो दिन सोमबार २६.४३७१ अंकले बढेर २७१५.३५ अंकमा पुगेको थियो । मंगलबार ६९.२२४७ अंकले बढेर नेप्से परिसूचक २७८४.५८ विन्दुमा पुगेको थियो । बुधबार १६.९४ अंकले बढेर नेप्से यो साताकै उच्चतम विन्दु २८०१.५२ पुगेको थियो ।

बिहीबार भने ३२.३९ अंकले घटेर २७६९.१३ विन्दुमा पुगेर यो साताको सेयर कारोबार बन्द भएको छ ।

यो साता नेपाल दुरसञ्चार कम्पनीको सेयर मूल्य सर्वाधिक वृद्धि भएको छ । कम्पनीको सेयर मूल्य २७.२२ प्रतिशत अर्थात ३०६ रुपैयाँले बढेको छ । अघिल्लो बिहीबार कम्पनीको सेयर प्रति कित्ता ११२४ रुपैयाँमा कारोबार भएको थियो भने गत बिहीबार १४३० रुपैयाँ पुगेको छ ।

२२.३३ प्रतिशत अर्थात २४०० रुपैयाँले बढेर बोटलर्स नेपाल (तराई) सर्वाधिक सेयर मूल्य बढाउने दोस्रो स्थानमा छ ।

मैलुङ खोला जलविद्युत, पञ्चकन्या माई हाइड्रोपावर र जोशी हाइड्रोपावर सर्वाधिक सेयर मूल्य बढाउने क्रमश तेस्रोदेखि पाँचौं स्थानमा छन् ।

नेप्से ३२ अंकले घट्दा पनि सेयर मूल्य बढाउने कम्पनी यी हुन्

सेयर मूल्य बढ्ने ५ कम्पनी यस्ता छन्

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स