काठमाडौं । आज मंगलबार अमेरिकी डलरको भाउ घटेको छ । आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, दिनारसहितका विदेशी मुद्राहरुको मूल्य घटेको छ। तर, युरो, पाउन्डसहितका मुद्राको मूल्य भने बढेको छ ।
राष्ट्र बैंकले आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ५७ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ १७ पैसा छ।
शनिबार, आइतबार र सोमबार स्थिर रहेको अमेरिकी डलरको मूल्य आज घटेको हो। हिजो अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ८२ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ४२ पैसा थियो।
आज युरो एकको खरिदर एक सय ४१ रुपैयाँ ०८ पैसा र बिक्रीदर एक सय ४१ रुपैयाँ ७१ पैसा छ। हिजो युरो एकको खरिदर एक सय ४० रुपैयाँ ४६ पैसा र बिक्रीदर एक सय ४१ रुपैयाँ ०८ पैसा थियो।
पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ६९ रुपैयाँ २० पैसा र बिक्रीदर एक सय ६९ रुपैयाँ ९६ पैसा छ। हिजो पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ६८ रुपैयाँ ९६ पैसा र बिक्रीदर एक सय ६९ रुपैयाँ ७२ पैसा थियो।
आज अस्ट्रेलियन डलर एकको खरिदर ८७ रुपैयाँ ५७ र बिक्रीदर ८७ रुपैयाँ ९६ पैसा छ। हिजो अस्ट्रेलियन डलर एकको खरिदर ८७ रुपैयाँ ६५ र बिक्रीदर ८८ रुपैयाँ ०४ पैसा थियो।
कुवेती दिनार एकको खरिददर चार सय ३७ रुपैयाँ २१ पैसा र बिक्रीदर चार सय ३९ रुपैयाँ १६ पैसा छ। हिजो कुवेती दिनार एकको खरिददर चार सय ३७ रुपैयाँ ८७ पैसा र बिक्रीदर चार सय ३९ रुपैयाँ ८२ पैसा थियो।
आज बहराइन दिनार एकको खरिददर तीन सय ५६ रुपैयाँ ९८पैसा र बिक्रीदर तीन सय ५८ रुपैयाँ ५७ पैसा छ। हिजो बहराइन दिनार एकको खरिददर तीन सय ५७ रुपैयाँ ६१ पैसा र बिक्रीदर तीन सय ५९ रुपैयाँ २० पैसा थियो।