धितोपत्र बोर्ड अध्यक्षको अन्तरवार्तामा २ जना मात्रै सहभागी, चापागाई किन गएनन् ?

काठमाडौं । धितोपत्र बोर्डको अध्यक्षको लागि आज भएको अन्तरवार्तामा २ जना मात्रै सहभागी भएका छन् । कृष्णबहादुर कार्की र नवराज अधिकारी सहभागी हुँदा चिरञ्जीवि चापागाई भने अझै सहभागी भएनन् ।

पहिलो पटक अन्तरवार्ता आब्हान हुँदा तीनै जना सहभागी नभएकोमा अहिले भने चापागाई मात्रै सहभागी नभएका हुन् ।
आज बिहान भएको अन्तारवार्तामा दुई जना मात्रै हसभागी भएका थिए ।

तर चापागाई भने पुरानै विषयमा केन्द्रित रहँदै नगएको पाइएको छ ।
पहिले नै कसलाई अध्यक्ष बनाउने निक्र्यौल गरेर अन्तावरवार्ता बोलाएको आशय राख्दै तीन जना पहिले सहभागी भएका थिएनन् ।

अहिले दुई जना सहभागी भैरहँदा चापागाई भने पुरानै विषय वस्तुमा अडिक हुँदै सहभागी नभएको बुझिएको छ ।
यस अघि मुक्ति श्रेष्ठ र सन्तोषनारायण श्रेष्ठ सहभगी भैसकेका छन् ।

सन्तोषनारायण श्रेष्ठ नै धितोपत्र बोर्डको अध्यक्ष हुने निक्र्यौल भैसकको भन्दै संसदमा समेत विषय उठिसकेको छ । तर पनि सरकारले बाहिर उठेको विषय वेवास्था गर्दै प्रक्रिया जवरजस्ती रुपमा अघि बढाइरहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स