घरजग्गाको मूल्य वार्षिक २६.४५ बढ्यो

काठमाडौं । घरजग्गाको मूल्य वार्षिक २६.४५ प्रतिशत बढ्ने गरेको छ । नेपाल राष्ट्र बैंकको अध्ययन अनुसार घरजग्गाको मूल्य वार्षिक २६.४५ प्रतिशत बढ्ने गरेको पाइएको छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको घरजग्गा मूल्य सर्वेक्षण अनुसार आर्थिक वर्ष २०७६/७७ मा घरजग्गाको मूल्य वृद्धि २६.४५ प्रतिशत देखिएको छ ।

राष्ट्र बैंकले तथ्याङ्क उपलब्ध हुनसक्ने आधारमा दुई वटा स्रोतबाट तथ्यांक संकलन गरेर घरजग्गा मूल्य सूचकाङ्क तयार गरिएको छ । एउटा मालपोत कार्यालयबाट रजिष्ट्रेशन पास गर्दा राख्ने थैली रकम र दोस्रो बैंकहरूले कर्जा प्रवाह गर्दा धितोस्वरुप राखिने घरजग्गाको मूल्यांकनसम्बन्धी तथ्याङ्कको आधारबाट घरजग्गाको मूल्य सङ्कलन गरिएको छ ।

नेपाल राष्ट्र बैंकले देशभरमा २० जिल्लालाई नमूना मानेर घरजग्गा सर्वेक्षण गरेको हो । तथ्यांक संकलनको लागि ६ वटा बैंकलाई लिएको छ । जसमा नेपाल बैक, एनआईसी एशिया बैक, ग्लोबल आईएमई बैक, एभरेष्ट बैंक र राष्ट्रिय वाणिज्य बैक र प्रभु बैंक छन् ।

मालपोत कार्यलयबाट प्राप्त तथ्याङ्कको यस्तो मुद्रास्फीति १९.७३ प्रतिशत रहेको सर्वेक्षणले देखाएको छ । यसै गरी, आर्थिक वर्ष २०७७/७८ को पहिलो नौ महिनामा यस्तो मुद्रास्फीति क्रमशः १६.३१ र १२.५७ प्रतिशत रहेको पाइएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०७७/७८ को पहिलो ९ महिनामा घरजग्गाको कारोबारमा केही शिथिलता आएकोले मुद्रास्फीति केही कम रहेको निष्कर्ष सर्वेक्षणले देखाएको छ ।

[embeddoc url=”https://hamroartha.com/wp-content/uploads/2021/11/Press-Note_HPI-Survey.pdf” cache=”off”]

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स