टाटा मोटर्स एक्सचेन्ज क्याम्प अन्तर्गत जुनसुकै ब्राण्डका गाडीसँग टाटाका गाडी एक्सचेन्ज गर्दा आकर्षक मुल्यांकन

काठमाडौं । नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक सिप्रदी ट्रेडिङ्गले प्यासेन्जर भेहिकलका लागि टाटा मोटर्स एक्सचेन्ज क्याम्प आयोजना गर्न भएको छ ।

कम्पनीले यहि मंसिर ३ देखि ७ गतेसम्म नेपालभर रहेका टाटा मोटर्सको सोरुमहरुमा एक्सचेन्ज क्याम्प आयोजना गर्न भएको हो ।

ग्राहकहरुले टाटा मोटर्सको सोरुममा गएर यस कार्यक्रममा सहभागी भई नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु अल्ट्रोज, एच फाईभ, नेक्सन, नेक्सन इभी, टियागो र टिगोर लगायतका गाडीहरु अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्नेछन् ।

साथै उक्त एक्सचेन्ज क्याम्प कार्यक्रममा जुनसुकै ब्राण्डका गाडीसँग टाटाका गाडी एक्सचेन्ज गर्दा आकर्षक मुल्यांकन पाइनुको साथै आकर्षक एक्सचेन्ज बोनस पनि प्राप्त गर्न सकिने कम्पनीले जानकारी दिएको छ ।

यति मात्र नभएर कम्पनीको अनुसार एक्सचेन्ज क्याम्पमा फाईनान्सको सुविधा, गाडीको एक्सेसरिज, एक वर्षको सवारी कर, प्रत्येक गाडीको मुल्याङ्कन र टेष्ट ड्राईभमा आकर्षक गिफ्ट ह्याम्पर लगायतका विशेष आर्कषणहरु रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स