काठमाडौं । चालू आर्थिक वर्षको ४ महिना अवधीमा वैदेशिक व्यापार बढेको छ । ४ महिनामा ५ खर्ब ६६ अर्ब ५ करोड ८७ लाख रुपैयाँ बराबरको भएको छ वैदेशिक व्यापार भएको छ ।
भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार ४ महिनाको अवधिमा नेपालको वैदेशिक व्यापार ५ खर्ब ६६ अर्ब ५ करोड ८७ लाख रुपैयाँ बराबरको भएको छ । गत वर्षको यही अवधिमा ५ खर्ब ६३ अर्ब ६ करोड ८८ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको भन्सार विभागले जनाएको छ ।
चालु आर्थिक वर्षको ४ महिनासम्ममा मुलुकले ५ खर्ब १३ अर्ब ३८ करोड ८० लाख रुपैयाँ बराबरको वस्तु आयात गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा ५ खर्ब १२ अर्ब ५० करोड ३४ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको थियो ।
नेपालबाट ५२ अर्ब ६७ करोड ७ लाख बराबरको वस्तु निर्यात भएको छ । गत वर्षको ४ महिनाको अवधिमा ५० अर्ब ५६ करोड ५३ लाख रुपैयाँ बराबरको निर्यात भएको तथ्यांकमा उल्लेख छ ।
चार महिनाको अवधिमा नेपालको व्यापार घाटा ४ खर्ब ६० अर्ब ७१ करोड ७३ लाख रुपैयाँ बराबर रहेको छ ।