काठमाडौं । बाणिज्य बैंकहरुले पहिलो ४ महिनामा ४२ खर्ब ३३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् ।
नेपाल बैंकर्स संघले उपलब्ध गराएको तथ्यांकअनुसार बैंकहरुले ४२ खर्ब ३३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको देखिएको हो ।
वाणिज्य बैंकहरुमध्ये निक्षेप संकलनको आधारमा कृषि विकास बैंक अग्र स्थानमा देखिएको छ । बैंकले पहिलो ४ महिनामा १ खर्ब ५० अर्ब ७१ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ ।
१ खर्ब ३ अर्ब ६१ करोड रुपैयाँसहित बैंक अफ काठमाडौं दोस्रो स्थानमा छ ।
सेञ्चुरी बैंक ९४ अर्ब ६६ करोड निक्षेप संकलन गरेर तेस्रो स्थान रहेको छ ।
वाणिज्य बैंकहरुको निक्षेप संकलनको अवस्था