गरिमा विकास बैंक १८ वर्षमा प्रवेश, यस्तो छ बैंकको वित्तीय सूचक

काठमाडौं । गरिमा विकास बैंक १८औं वर्षमा प्रवेश गरेको छ । कम्पनी ऐनअनुसार २०६४ साउन २२ गते गरिमा विकास बैंकको स्थापना भएको थियो । २०६४ असोज २४ गतेदेखि वित्तीय कारोबार गर्न नेपाल राष्ट्र बैंकबाट अनुमतिपत्र पाएको थियो ।

१८ वर्ष पुगेको अवसरमा बैंकले देशभर विभिन्न १८ ओटा कार्यक्रम आयोजना गर्दैछ । बैंकले सो अवसरमा शनिबार खुला र कर्पोरेट दौड आयोजना गरेको छ । उक्त दिन बैंकको टिसर्ट लगाएर हजारौ मानिस सडकमा दौडने गरिमा विकास बैंकका ब्राण्डिङ हेड भोला प्रसाद तिवारीले जानकारी दिए ।

‘बैंकले सो अवसरमा रक्तदान कार्यक्रम पनि आयोजना गरेको छ,’ उनले भने ‘ हामी देशभरका गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सव मनाउँदै छौं ।’

वि.सं २०६४ कात्तिक १८ गते वालिङ नगरपालिका ३ स्याङ्जाबाट कारोबार सुरु गरेको बैंकले साबिक निलगिरि विकास बैंक र शुभेच्छा विकास बैंकसँगको मर्जरपछि २०७२ असार २९ गते राष्ट्रियस्तरको विकास बैंक बनेको थियो । बैंकले देशैभर १२३ शाखा कार्यालय, १ एक्सटेन्सन काउण्टर र ५१ एटीएम काउन्टरमार्फत ग्राहकलाई सेवा दिँदै आएको छ ।

गरिमा विकास बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

चालू आर्थिक वर्षको असोज मसान्तसम्ममा बैंकले २२ करोड ५७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत वर्षको सोहि अवधिको तुलनामा १२ प्रतिशतले बढी हो । गत वर्षको साहि अवधिमा बैंकले २० करोड १५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ११.०८ प्रतिशतले बढेर ९८ करोड ६८ लाख गरेको छ । त्यस्तै, बैंकको सञ्चालन नाफा १२.०१ प्रतिशतले बढेर ३२ करोड २३ लाख रूपैयाँ पुगेको छ ।

बैंकको इम्पेयरमेन्ट चार्ज भने ३५ करोडबाट बढेर ३७ करोड रुपैयाँ पुगेको छ भने खराब कर्जा बढेर ३.८२ प्रतिशत कायम भएको छ । समिक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी १५.९० रुपैयाँ, प्रतिसेयर नेटवर्थ १६२.०७ रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स