काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनीले ग्लोबल आइएमई क्यापिटललाई सेयर रजिष्ट्रारमा नियुक्त गरेको छ ।
सो सम्बन्धमा आज(मंसिर ३ गते) सम्झौतापत्रमा कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राम गोपाल शिवाकोटी र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारस मणी ढकालले हस्ताक्षर गरेका छन् ।
सिन्धुपाल्चोक जिल्लामा निर्माणाधिन १०२ मेगावाट क्षमताको मध्य भोटेकोशी जलविद्युत आयोजना निर्माण गरिरहेको यस कम्पनीको अधिकृत पुँजी ६ अर्ब २१ करोड तथा जारी पुँजी ६ अर्ब रहेको छ ।
कम्पनीले सर्वसाधारण समुहतर्फ छुट्याइएको ४९ प्रतिशत सेयरमध्ये कर्मचारी संचय कोषमा रकम संचय गर्ने संचयकर्ता कर्मचारीहरु, संस्थापक सेयरधनी संस्थाहरु क्रमशः चिलिमे जलविद्युत कम्पनी, नेपाल विद्युत प्राधिकरण, नेपाल अरनिको हाइड्रोपावर, सिन्धु इन्भेष्टमेन्ट कम्पनी, सिन्धुपाल्चोक हाइड्रोपावर कम्पनी तथा सिन्धु भोटेकोशी हाइड्रोपावर र ऋणदाता संस्था कर्मचारी संचय कोषका कर्मचारीहरुलाई प्रथम चरणमा २४ प्रतिशत सेयर यस अघि नै निष्कासन गरी पुस ५ गतेमा बाँडफाँट गरिसकेको छ ।
यसक साथै कम्पनीले बाँकि २५ प्रतिशत सेयरमध्ये आयोजना प्रभावित क्षेत्र सिन्धुपाल्चोक जिल्लाका स्थानिय बासिन्दाहरुको लागि १० प्रतिशत अर्थात ६० करोड र सर्वसाधारणको लागि १५ प्रतिशत अर्थात ९० करोड बराबरको सेयर हालै मात्र सार्वजनिक निष्कासन गरी बाँडफाँट गरिसकेको छ ।