सेयर बजारमा हरियाली, साढे ११ अर्बको कारोबार

काठमाडौं । मंगलबार नेप्से परिसूचकमा हरियाली छाएको छ । आज नेप्से परिसूचक २६ अंकले बढेर ३१११ अंकमा सिमित भएको छ ।

यो दिन २ करोड ११ लाखको कित्ता सेयर ११ अर्ब ५२ करोड रुपैयाँमा कारोबार भएको छ ।

आज १४३ कम्पनीको सेयर मूल्य बढ्दा ६९ कम्पनीको सेयर मूल्य घटेको छ भने ११ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।

यो दिन २ वटा कम्पनी पाँचथर पावर कम्पनी र रुरु जलविद्युत् कम्पनीको सेयरमा १० प्रतिशतको सकारात्मक सर्किट लागेको छ भने जीवन विकास लघुवित्त, घलेम्दी हाइड्रोपावर, युनियन लाइफ इन्स्योरेन्स र लिबर्टी इनर्जी कम्पनीको सेयर मूल्यमा करिब १० प्रतिशतले बढेको छ ।

यो दिन विकास बैंक र म्यूचुअल फण्डको उपसमूह बाहेक सबैमा वृद्धि देखिएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स