किन उद्यमीलाई पक्राउ पुर्जी, सरकार अर्थतन्त्र अझै बिगार्न चाहन्छ ?

काठमाडौं । नेपालमा उद्योग तथा लगानी को वातावरण बनाउनुपर्छ भन्ने बहस त बेलाबेलामा सरकार नै गर्छ । नेपाली मात्रै हैन विदेशी लगानी समेत प्रवद्र्धन गर्नुपर्छ भन्ने मनसायले विदेशीलाई तारे होटलमा बोलाएर सम्मेलन नै गर्ने गर्छ ।

अर्थतन्त्रको आकार बढाउने विषयमा नयाँ सरकार बन्ने वित्तिकै छलफल पनि हुन्छ । सरकारले राजस्वको स्रोत बढाउन पनि हरेक वर्ष बजेट सार्वजनिक हुनु अगाडी विविध निकायको सुझाव माग गर्दै आन्तरिक छलफल समेत बृहत रुपले गर्छ ।

तर नेपालमा उद्योग स्थापना गरेर हजारांैलाई रोजगारी प्रदान गरिरहेको, व्यवसायमा स्थापित भैसकका र लगानी वृद्धि गरिरहेकालाई भने सरकारले मनोबल बिगार्ने काम गरिरहेको छ ।

पछिल्लो घटना हो अर्घखाँची सिमेन्टको सम्बन्धमा । अर्घखाँची सिमेन्ट नेपालको ठूलो उद्योग मध्येको एक हो ।
विदेशी लगानी समेत रहेको यस उद्योगले निर्यात समेत गरिरहेको छ । नेपाली उपभोक्ताको माग पूर्ति गर्नुका साथै भारतमा समेत निर्यात सुरु गरिरहेको छ । रुपन्देहीमा प्लान्ट र पाल्पामा चुन ढुंगा खानी रहेको छ ।

तर भएको नाफालाई पुनः लगानी गर्ने मनसाय बनाइरहेका यस उद्योगका संचालकहरुलाई पछिल्लो समय भने बज्रपात नै पर्यो ।
विषय थियो, लाइसेन्स लिएको खानीमा केहि मापदण्ड मिचियो भन्ने विषय । यस विषय खानीमा काम गर्ने प्रमुख र उद्योगलाई केहि जरिवाना गराए सल्टिन्थ्यो नै ।

तर पक्राउ पुर्जी नै जारी भयो । सरकारले निकै ठूलो दोष हो भन्ने विषयको निचोडमा पुग्यो । जुन कुराले सरकारलाई नै कति घाटा पुग्छ त्यो विषयको लेखा जोखा नै भएन ।

नेपालमा स्थापित उद्योगीहरुको लगानी अर्घखाँची सिमेन्टमा रहेको छ । उनीहरुले अर्बौ रुपैयाँ राज्यलाई कर तिर्दै आएका छन् । हजारांैलाई रोजगारी प्रदान गर्दै आएका छन् । राज्यको नीति नियम अनुसार व्यवसाय गरेर थोरै नाफा कमाउँछु तथा देशमै सेवा गर्छु भन्नेलाई सरकारले लगानीको वातावरण बिगार्दै आएको छ ।
नगद जरिवाना तिरे हुनेलाई सिदै जेलमा थुन्न नै चाहन्छ ।

यसमा प्रत्यक्ष रुपमा सरकारमा रहनेहरु गलत नियत झल्कन्छ । युवा व्यवसायी विकास जैन भन्छन्, ‘पछिल्लो समय अर्थतन्त्र बिग्रदै गैरहेको छ । कसैको मनोबल राम्रो स्थितिमा छैन । त्यसकारण सरकारले कुन नीति लिँदा अर्थतन्त्र सुधार हुन्छ भन्ने विषयमा जोड दिनुपर्ने हो ।’

तर पछिल्लो समय उद्योगीहरु पक्राउ पर्ने क्रम र पक्राउ पुर्जि जारी हुने क्रम बढिरहेको छ ।
यसले त अर्थतन्त्र बिगार्ने मात्रै काम हुने जैनको भनाई छ ।

उनका अनुसार यसै त मान्छेहरु पलायन हुन क्रम जारी छ । अझै स्थापित उद्योगहरुको मनोबल कमजोर पार्नुले उनीहरुलाई नै पलायनको वातावरण हुन सक्छ ।
जैन भन्छन्, ‘स्थापित उद्योगी एक मात्रै पलायन भए भने नेपालको बैंकहरु धरासायी बन्न सक्छन् र नेपालको अर्थतन्त्रमै ढक्का लाग्न सक्छ ।’

हुन पनि नेपालमा एक पछि अर्को उद्योगी व्यवसायीहरुलाई सरकारले सानो सानो विषयमा ठूला दुख दिइरहेको घटनाहरु बाहिर आइरहेका छन् । नयाँ लगानी र नयाँ व्यवसायीहरु जन्मिनुको पछाडी उल्टो घटिरहेको देखिन्छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स