स्ट्याण्डर्ड चार्टर्ड बैंकको बुक क्लोजको मिति परिवर्तन

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडको बुक क्लोजको मिति परिवर्तन भएको छ।

बैंकले यसअघि एक सूचना प्रकाशित गर्दै मंसिर ६ गते बुक क्लोज गर्ने निर्णय गरेको थियो।

बैंकले फेरि अर्के सूचना जारी गर्दै मंसिर ६ गते बुक क्लोज गर्ने मिति परिवर्तन गरेर मंसिर १२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ।

योसँगै अब मंसिर ११ गतेसम्म कायम सेयरधनीले सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।

बैंकले सभा मंसिर २५ गते आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा बिहान साढे ९ बजे डाकेको छ ।

सभामा बैंकले ६.५० प्रतिशत बोनस सेयर र १९ प्रतिशत नगद (कर सहित) गरी कुल २५.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।

त्यस्तै, सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाहलगायत विवरणमा छलफल गरी पारित गर्नेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स