साढे ९ अर्बमाथिको कारोबार हुँदा यी कम्पनीको भयो सर्वाधिक सेयर खरिदबिक्री

काठमाडौं । साताको तेस्रो दिन सेयर बजारमा भारी अंकको गिरावट आएको छ ।

मंगलबार, नेप्से परिसूचक ५४.९४ अंकले घटेर २६९८.८२ अंक विन्दुमा आइपुगेको छ ।

आज २ करोड ५ लाख कित्ता सेयर ९ अर्ब ४६ करोड १४ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १४ वटा कम्पनीको सेयर मूल्य बढ्दा २२९ वटा कम्पनीको घटेको छ भने २ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, ङादी ग्रुप पावरको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ४६ करोड ६८ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, समृद्वि फाइनान्सको २९ करोड ८ लाख, पोखरा फाइनान्सको २४ करोड ९२ लाख, पीपल्स् हाइड्रोपावरको २३ करोड ९४ लाख, सिंगटी हाइड्रो इनर्जीको २३ करोड ७५ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स