काठमाडौं । स्टान्डर्ड चार्टर्ड बैंक लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ ।
बैंकले सभा मंसिर २५ गते आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा बिहान साढे ९ बजे डाकेको हो ।
सभामा बैंकले ६.५० प्रतिशत बोनस सेयर र १९ प्रतिशत नगद (कर सहित) गरी कुल २५.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।
त्यस्तै, सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाहलगायत विवरणमा छलफल गरी पारित गर्नेछ ।
सभा प्रयोजनका लागि बैंकले मंसिर ६ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, मंसिर ५ गतेसम्म कायम सेयरधनीले सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।