आयात नगरेको वस्तुको बढी मूल्य कर तिर्नुपर्ने अवस्था रहेको छ : अध्यक्ष अग्रवाल

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवाल ले आयात नगरेको वस्तुको बढी मूल्य कर तिर्नुपर्ने अवस्था रहेको बताएका छन् ।

‘कर प्रणालीको सार लगानीको आधार’ अन्तरक्रिया कार्यक्रममा बोल्दै २०६८ मा आएको आयकर र २०६४ मा आएको सम्पत्ति शुद्धीकरणको उपयोग नभएको उल्लेख गरे ।

२०६४ साल देखि एकल दर भ्याट रहदै आएको तर, अझै पनि लागू नभई नक्कली भ्याट बिल खरिद बिक्री गर्ने गरेको पाइएको उनले बताए । नक्कली भ्याट खरिद बिक्री गर्नेलाई कारवाही गर्नु पर्ने पनि उनले उल्लेख गरे ।

उनले भने, ‘सम्पत्तिको स्रोतको तथ्यांक तथा प्रमाणपत्रहरुको खोजी गर्नुपर्छ । सम्पति शुद्धिकरण आए पछि अभिलेखीकरण गर्नुपर्छ र सम्पति स्रोतको तथ्यांक देखाउनु पर्छ ।’

यस्ता व्यावहारिक समस्याको समाधान गर्नुपर्नेमा उनले जोड दिए ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स