काठमाडौं । राष्ट्रिय योजना आयोगमा मुख्य सचिव सरहको जिम्मेवारी तोकिएका डा. बैकुण्ठ अर्यालले पदबाट राजीनामा दिएका छन् ।
आइतबार मात्र राष्ट्रिय योजना आयोगमा हाजिर भएका उनले आज राजीनामा दिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।
उनले कार्तिक १४ गते भ्रष्टाचारको मुद्दामा विशेष अदालतबाट सफाइ पाएका थिए।
अन्तःशुल्क स्टिकर छपाइमा भएको भ्रष्टाचारमा संलग्न भएको आरोपमा असार ९ गते मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा अर्यालले विशेष अदालतबाट सफाइ पाएका थिए ।
अब उनको राजीनामाबारे आगामी मन्त्रिपरिषद बैठकले निर्णय गर्नेछ ।