रिलायन्स स्पिनिङ्ग मिल्सको सञ्चालन आम्दानी २ अर्ब ३४ करोडभन्दा बढी

काठमाडौं । रिलायन्स स्पिनिङ्ग मिल्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २ अर्ब ३४ करोड ५८ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ भने २८ करोड ९४ लाख रुपैयाँ कुल नाफा कमाएको छ।

कम्पनीको अन्य आम्दानी १ करोड १३ लाख ५५ हजार रुपैयाँ र सञ्चालन मुनाफा २० करोड ३१ लाख ३० हजार रुपैयाँ रहेको छ। असोज मसान्तसम्ममा कम्पनीको वित्तीय खर्च १० करोड ४३ लाख ७४ हजार रुपैयाँ रहेको छ।

कम्पनीले सो अवधिसम्ममा ८ करोड ६७ लाख ७९ हजार रुपैयाँ खुद नाफा कमाएको छ। १ अर्ब ७० करोड ७३ लाख ४० हजार रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको अन्य इक्विटीमा ५ अर्ब ४३ करोड २४ लाख ७५ हजार रुपैयाँ रहेको छ। सो अवधिसम्ममा कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी १९ रुपौयँ ९५ पैसा रहेको छ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स