जीवन बीमा कम्पनीले नाफा बढाए, सबैभन्दा बढी हिमालयन लाइफको

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो त्रैमासमा एक बीमा कम्पनी बाहेक सबै जीवन बीमा कम्पनीको नाफामा वृद्धि भएको छ । बीमा कम्पनीहरुले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सबै भन्दा धेरै कमाउनेमा हिमालयन लाइफ इन्स्योरेन्स रहेको छ । सबैभन्दा कम कमाउनेमा राष्ट्रिय जीवन बीमा कम्पनी रहेको छ ।

यस कम्पनीको गत आर्थिक वर्षको पहिलो त्रैमासमा ३ करोड ७८ लाख नाफा रहेकोमा यो वर्ष २२ लाख ६७ हजार रहेको छ ।
तर सबैभन्दा नाफा कमाउन हिमालयन लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षमा २४ करोड १३ लाख रुपैयाँ कमाएकोमा यो वर्षको तीन महिनामा २५ करोड ३७ लाख रुपैयाँ आर्जन गरेको हो ।

चालू आर्थिक वर्षको तीन महिनामा कुन कम्पनीको कति नाफा ?
नेपाल लाइफ २० करोड ५४ लाख

रिलायवल लाइफ १९ करोड ९३ लाख

सन नेपाल लाइफ १६ करोड ६१ लाख

आइएमई लाइफ १४ करोड ५०

नेशनल लाइफ १३ करोड ८३ लाख

एशियन लाइफ १३ करोड २९ लाख

सानिमा रिलायन्स १३ करोड २९ लाख

सिटिजन्स लाइफ १३ करोड ९ लाख

प्रभुमहालक्ष्मी १२ करोड ६२ लाख

सूर्यज्योती लाइफ ११ करोड ५३ लाख

मेटलाइफ ९ करोड ६५ लाख

एलआइसी नेपाल ७ करोड ८८ लाख

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स