राष्ट्रिय जीवन बीमा कम्पनीको नाफा २२ लाख ६७ हजार

काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनीले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीले २२ लाख ६७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आवको सोहि अवधिको तुलनामा ९४ प्रतिशतले कम हो । अघिल्लो आवको सोही अवधिमा कम्पनीले ३ करोड ७८ लाख १८ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो।

समीक्षा अवधिमा कम्पनीले ४ अर्ब ६१ करोड ११ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । यो गत आवको सोहि अवधिको तुलनामा ०.९९ प्रतिशतले कम हो । अघिल्लो आवको सोही अवधिमा कम्पनीले ४ अर्ब ५६ करोड ५४ लाख कुल बीमाशुल्क आर्जन गरेको थियो।

असोज महिनासम्म कम्पनीले ४ अर्ब ५९ करोड २१ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो गत आवको तुलनामा ०.८६ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिमा कम्पनीले ४ अर्ब ५५ करोड २८ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।

कम्पनीको रिटेन्ड अर्निङमा ६१ करोड १४ लाख रुपैयाँ, महाविपत्ती कोषमा २ करोड ९२ लाख रूपैयाँ, जीवन बीमा कोष ५८ अर्ब १ करोड रूपैयाँ रहेको छ ।

समीक्षा अवधिमा कम्पनीले पुनर्बीमा मार्फत १ करोड ८९ लाख रुपैयाँ खर्चिएको छ भने अभिकर्ता कमिशनमा ४ करोड ८६ लाख रुपैयाँ खर्चिएको छ ।

१८ करोड १० लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको प्रतिसेयर आम्दानी ५.१ रुपैयाँ रहेको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स