सिटिजन लाइफ इन्स्योरेन्सको नाफा १३ करोड ९ लाख, कस्ता छन् अन्य सूचक ?

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८१/८२ को प्रथम त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीले १३ करोड ९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आवको तुलनामा ८३.१६ प्रतिशतले बढी हो । अघिल्लो आवको सोहि अवधिमा कम्पनीले ७ करोड १४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिमा कम्पनीले १ अर्ब ७४ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । यो गत आवको तुलनामा १६.१९ प्रतिशतले बढी हो । अघिल्लो आवको सोहि अवधिमा कम्पनीले १ अर्ब ५० करोड कुल बीमा शुल्क आर्जन गरेको थियो ।

असोज महिनासम्म कम्पनीले १ अर्ब ६५ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । यो गत आवको तुलनामा १६.१५ प्रतिशतले बढी हो । अघिल्लो आवको सोहि अवधिमा कम्पनीले १ अर्ब ४२ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।

कम्पनीको जीवन बीमाकोषको आकार ४२.२४ प्रतिशतले बढेर १५ अर्ब ६३ करोड पुगेको छ ।

कम्पनीको सेयर प्रिमियममा शीर्षकमा १ अर्ब ५५ करोड रुपैयाँ, महाविपत्तीकोषमा १८ करोड २८ लाख रुपैयाँ, रिटेण्ड अर्निङमा ७४ करोड ९० लाख रुपैयाँ रहेको छ ।

कम्पनीले पुनर्बीमा मार्फत ९ करोड ५६ लाख रुपैयाँ खर्चिएको छ भने अभिकर्ता कमिशन मार्फत १६ करोड ६९ लाख रुपैयाँ खर्चिएको छ ।

३ अर्ब ९३ करोड चुक्त पुँजी रहेको कम्पनीको प्रतिसेयर आम्दानी १३.३० रुपैयाँ, प्रतिसेयर नेटवर्थ १८०.१३ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स