काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८१/८२ को प्रथम त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीले १३ करोड ८३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। यो गत आवको तुलनामा ६.२४ प्रतिशतले बढी हो । अघिल्लो आवको सोहि अवधिमा कम्पनीले १३ करोड २ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
समीक्षा अवधिमा कम्पनीले ४ अर्ब ९१ करोड ४९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। यो गत आवको तुलनामा १७.१९ प्रतिशतले बढी हो । अघिल्लो आवको सोहि अवधिमा कम्पनीले ४ अर्ब १९ करोड ४० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो।
असोज महिनासम्म कम्पनीले ४ अर्ब ८५ करोड ११ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो गत आवको तुलनामा १८.१३ प्रतिशतले बढी हो । अघिल्लो आवको सोहि अवधिमा कम्पनीले ४ अर्ब १० करोड ६५ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।
कम्पनीको जीवन बीमा कोषमा ८१ अर्ब ८४ करोड ६३ लाख रुपैयाँ रहेको छ। यो गत आवको तुलनामा ४.९९ प्रतिशतले बढी हो । अघिल्लो आवको सोहि अवधिमा कम्पनीको जीवन बीमा कोषमा ७७ अर्ब ९५ करोड ६८ लाख रुपैयाँ रहेको थियो।
समीक्षा अवधिमा कम्पनीको महाविपत्ति कोषमा ५८ करोड ३६ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ६१ करोड ३७ लाख रुपैयाँ र अन्य इक्विटीमा ४६ करोड ६० लाख रुपैयाँ रहेको छ।
५ अर्ब २१ करोड २१ लाख रुपैयाँ चुक्तापुँजी रहेको कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) १०.६६ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १३२.४५ रुपैयाँ, पीई रेसियो ५९.३६ गुणा रहेको छ।