शिखर इन्स्योरेन्सको नाफा ११ करोड ५२ लाख, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासम्मको अपरिष्कृत वित्तिय विवरण सार्वजनिक गरेको छ ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्मा कम्पनीले ११ करोड ५२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आवको सोही अवधिको तुलनामा २.५१ प्रतिशतले बढी हो । अघिल्लो आवको सोहि अवधिमा कम्पनीले ११ करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिमा कम्पनीले २८ करोड २२ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । यो गत वर्षको सोही अवधिको तुलनामा १.५७ प्रतिशतले बढी हो । अघिल्लो आवको सोहि अवधिमा कम्पनीले २७ करोड ७८ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।

त्यस्तै, कम्पनीले १९ करोड ९० लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । यो गत वर्षको सोही अवधिको तुलनामा ०.५४ प्रतिशतले बढी हो । अघिल्लो आवको सोहि अवधिमा कम्पनीले १९ करोड ७९ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो ।

कम्पनीले ५५ करोड ७७ लाख रुपैयाँ कुल आम्दानी गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ५६ करोड २२ लाख रुपैयाँ कुल आम्दानी गरेको थियो ।

त्यस्तै, कम्पनीले ३९ करोड ३८ लाख रुपैयाँ कुल खर्च गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ४० करोड ६७ लाख रुपैयाँ कुल खर्च गरेको थियो ।

समीक्षा अवधिमा कम्पनीको विशेष कोषमा १ अर्ब ७६ करोड ३७ लाख रुपैयाँ, महाविपत्ति कोषमा १४ करोड ५७ लाख रुपैयाँ, सञ्चित नाफा ३५ करोड ६१ लख रुपैयाँ र अन्य इक्विटीमा ६४ करोड ४७ लाख रुपैयाँ रहेको छ ।

२ अर्ब ६५ करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) १७.३६ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २०९.६२ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ४९.८२ गुणा रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स