काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासम्मको अपरिष्कृत वित्तिय विवरण सार्वजनिक गरेको छ ।
चालु आर्थिक वर्षको असोज मसान्तसम्मा कम्पनीले १३ करोड २९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आवको सोही अवधिको तुलनामा ४२.०७ प्रतिशतले बढी हो । अघिल्लो आवको सोहि अवधिमा कम्पनीले ९ करोड ३५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
समिक्षा अवधिमा कम्पनीले २ अर्ब १ करोड ८४ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । यो गत वर्षको सोही अवधिको तुलनामा १२.२३ प्रतिशतले बढी हो । अघिल्लो आवको सोहि अवधिमा कम्पनीले १ अर्ब ७९ करोड ८४ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।
त्यस्तै, कम्पनीले ८ करोड २८ लाख रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ । यो गत वर्षको सोही अवधिको तुलनामा ८.६५ प्रतिशतले बढी हो । अघिल्लो आवको सोहि अवधिमा कम्पनीले ७ करोड ६२ लाख रुपैयाँ दाबी भुक्तानी गरेको थियो ।
समीक्षा अवधिमा कम्पनीको महाविपत्ति कोषमा २३ करोड ५ लाख रुपैयाँ, सञ्चित नाफा ४५ करोड ९२ लाख रुपैयाँ र अन्य इक्विटीमा ८ करोड ५८ लाख रुपैयाँ रहेको छ ।
३ अर्ब ३९ करोड ९८ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) १५.६४ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १२३.११ रुपैयाँ रहेको छ।