काठमाडौं । शुक्रबार छापावाल सुनको मूल्य १ सय रूपैयाँले बढेको छ ।
बिहीबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६० हजार रुपैयाँ कायम भएकोमा आज १ सय रूपैयाँले बढेर १ लाख ६० हजार १ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी, बिहीबार चाँदीको मूल्य प्रतितोला १ हजार ९०५ रुपैयाँ कायम भएकोमा आज ५ रूपैयाँले बढेर १ हजार ९१० रूपैयाँ कायम भएको छ ।